काठमाडौं। सरकारले देशभर सुरक्षा सतर्कता बढाएको छ। प्रतिनिधिसभा विघटनपछि त्यसको समर्थन र विरोधमा हुने शक्ति प्रदर्शनलाई मध्यनजर गर्दै सरकारले सबै जिल्लामा उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको हो।
गृहमन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र जिल्ला सुरक्षा प्रमुखहरूलाई मन्त्रालयको अनुमतिबेगर जिल्ला नछाड्न समेत निर्देशन दिएको छ। प्रमुख जिल्ला अधिकारी र चारवटै सुरक्षा निकायका जिल्ला प्रमुखलाई जिल्ला छाडेर कतै नजान परिपत्र गरिएको हो।
सरकारले संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेपछि त्यसको पक्ष र विपक्षमा देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ।