फेरि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने प्रधानमन्त्रीको तयारी

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेका छन्। पार्टीले अनुशासनको कारबाही गरेपछि दल विभाजन गर्न खोजेका प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटीमा ४० प्रतिशत नपुग्ने अवस्था आएपछि दल विभाजन गर्न सहज हुने अध्यादेश जारी गर्ने तयारी गरेका हुन्।

बहुमत देखाएर नेकपाकै दाहाल-नेपाल समूहले आफूलाई केन्द्रीय कमिटीबाट अनुमोदन गरिनुअघि नै निर्वाचन आयोगमा उनीहरूलाई कारबाही गरिएको पत्र पठाइसकेका ओलीले दल फुटाउन सहज हुने अध्यादेश राष्ट्रपतिलाई सिफारिसको तयारी गरेका छन्।

नेकपा अध्यक्षसमेत रहेका ओलीले आफ्‍नो अनुकुल हेरेर आजै अध्यादेश जारी गर्ने तयारी गरेका हुन्।

जुन अध्ययादेश उनले गत बैशाख ८ गते ल्याएका थिए। तर, चर्को विरोधपछि ४ दिनमै बैशाख १२ गते फिर्ता लिएका थिए।

अन्य सम्बन्धित समाचार:  गण्डकी प्रदेशमा विशेष अधिवेशन बोलाउन तीन दलको माग