ओली पक्षको केन्द्रीय समिति बैठक बालुवाटारमा जारी

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षका केन्द्रीय सदस्यहरुको बैठक बालुवाटारमा जारी छ। बिहान ९ बजेका लागि बोलाइएको भएपनि झण्डै डेढ घण्टा ढिला गरी ओलीको अध्यक्षतामा बैठक आरम्भ भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

ओलीले बोलाएको बैठकमा ओली समूहकासहित पूर्व माओवादी निकट टोपबहादुर रायमाझीसहितका केही नेतापनि सहभागी छन्।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपा विभाजनको डिलमा रहेको छ भने प्रचण्ड समूहले पनि केन्द्रीय समिति बैठक बोलाएको छ।

अन्य सम्बन्धित समाचार:  माथिल्लो तामाकोशीमा भइरहेको कामप्रति ओलीको आक्रोशः किन ढिलाइ भयो?