बालुवाटार र बबरमहल क्षेत्रको सुरक्षा व्यवस्था कडा

काठमाडौं। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र बबरमहल क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ। संसद् विघटनपछि सत्तारुढ दल नेकपामा थप चर्किएको विवादपछि कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षा व्यवस्था कडा पारिएको सुरक्षा अधिकारीहरुले बताएक छन्।

विवादका बीच नेकपाका दुई अध्यक्षले छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक डाकेका छन्। यतिबेला नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षीय केन्द्रीय कमिटीको बैठक बालुवाटारमा जारी छ। दिउँसो १ बजे अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्षीय केन्द्रीय कमिटीको बैठक बबरमहलमा सुरु हुने बताइएको छ।

बालुवाटारमा जारी ओली पक्षीय केन्द्रीय कमिटी बैठकले प्रचण्ड–माधव नेपाल समूहलाई कारबाही गरी नयाँ केन्द्रीय सदस्यहरु थप्ने तयारी गरेपछि अवस्था झन जटिल हुनसक्ने आंकलन गर्दै सुरक्षा सतर्कता बढाइएको हो।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री शाहीको विपक्षमा मतदान गर्न एमालेले ह्वीप जारी गर्ने

अप्रिय घटना हुन नदिन यतिबेला बालुवाटार र बबरमहल क्षेत्रमा धेरै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।