सुनचाँदीकाे मूल्यमा सामान्य गिरावट

सुनको भाउ

काठमाडौं। नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले ओरालो लागेको छ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँ तोकेको छ। छापावाला सुन सोमबार प्रतितोला ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, तेजाबी सुन आजका लागि प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोवार हुने गरी तोकिएको छ। तेजाबी सुन प्रतितोला ९४ हजार ७०० रुपैयाँमा सोमबार कारोबार भएको थियो।

यसैगरी चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको छ। प्रतितोला एक हजार ३२० रुपैयाँमा सोमबार कारोबार भएको चाँदी मंगलबार भने प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोवार हुने गरी मूल्य तोकिएको छ।

अन्य सम्बन्धित समाचार:  सेयर बजारमा ऐतिहासिक रेकर्ड