काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको केपी ओली पक्षले प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएको छ।
मंगलबार बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय समिति बैठकले श्रेष्ठलाई प्रवक्ताबाट हटाउँदै प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिइएको छ।
श्रेष्ठलाई पार्टी एकताको बेलामा नै प्रवक्ता तोकिएको थियो।