पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं। कोरोना संक्रमणबाट कास्कीको पोखरामा थप एक जनाको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत तनहुँको व्यास नगरपालिका ५ का ६४ वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको हो।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार उनीमा मंसिर २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

योसँगै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या १८८ पुगेको छ।