संसद् विघटन भएको हो, नेकपा होइनः प्रदीप ज्ञवाली

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ओली पक्षले पार्टी विभाजन नभएको बताएको छ। मंगलबार बालुवाटारमा बसेको नेकपा ओली समूहको केन्द्रीय समिति बैठकबाट प्रवक्ताको जिम्मेवारी पाएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रतिनिधिसभा विघटन भएको तर नेकपा विघटन नभएको बताएका हुन्।

प्रवक्ता ज्ञवालीले भने, ‘अझै पनि पार्टी एकै रहेको छ, यो विभाजन भइसकेको छैन।’ नेकपा विभाजित नभई एकताबद्ध भएको उनको दाबी छ।

उनका अनुसार विभाजन नभइसकेको पार्टी भएकाले थप केन्द्रीय समिति सदस्यलाई अध्यक्ष केपी शर्मा ओलीले मनोनीत गरेर महाधिवेशनमा जाने निर्णय भएको छ।

उनले अध्यक्ष, महासचिव र माइन्युट विनाको बैठक वैधानिक नहुने भन्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको बैठकलाई अवैधानिक भएको ठहर गरे। उनले भने, ‘पार्टीको अध्यक्ष, महासचिव र माइन्युटविना पनि बैठक बस्छ र रु त्यो बैठकको निर्णयको कुनै वैधानिकता हुने कुरा पनि भएन।’

अन्य सम्बन्धित समाचार:  प्रदेश २ः एमाले प्रवेश गरेका चार प्रदेशसभा सदस्य पदमुक्त