त्रिभुवन विश्वविद्यालयले यस वर्ष हिउँदे बिदा नदिने

काठमाडौं। यस बर्ष त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले हिउँदे बिदा नदिने भएको छ। त्रिवि कार्यकारी परिषदको बैठकले यस वर्ष हिउँदे बिदा नदिने निर्णय गरेको जानकारी दिएको हो।

कोभिड १९ का कारण गत चैतदेखि रोकिएका कक्षा तथा परीक्षा अहिले सञ्चालन गरिरहेकाले कक्षा र परीक्षा सञ्चालन सहज रुपमा सक्नका लागि यो बर्ष हिउँदे बिदा नदिन लागेको हो।

त्रिविले सुरक्षाका मापदण्ड अपनाएर भर्चुअल भन्दा भौतिक रुपमा कक्षा सञ्चालनमा जोड दिन सम्पूर्ण आंगिक क्याम्पसहरूलाई निर्देशन समेत दिएको छ।