दाहाल-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बबरमहलमा जारी

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बसिरहेको छ। बबरमहलमा सुरु भएको बैठकले अर्का अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुलाई कारबाहीको निर्णय गर्ने छ।

केन्द्रीय कमिटी बैठक अघि यो समूहको स्थायी कमिटी बैठक त्यही ठाउँमा बसेको थियो। स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गरेको छ।

यसअघि सरकारले संसद् विघटन गरेकै दिन यो समूहको स्थायी कमिटी बैठक बालुवाटारमा बसेको थियो। उक्त बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गर्दै केन्द्रीय कमिटीबाट अनुमोदन गराउने निर्णय गरेको थियो।

यसअघि ओली समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा बसेको थियो।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री पोखरेललाई जसपाको साथ, चार मन्त्री थपिदैँ