ओली पार्टी एकीकरणको उदेश्य विपरित अघि बढे: नारायणकाजी श्रेष्ठ

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा एकलौटी गरेको आरोप लगाएका छन्। बबरमहलस्थित कार्की पार्टी प्यालेसमा भएको पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षको भेलाको सञ्चालन गर्दै श्रेष्ठले ओली पार्टी एकीकरणको उदेश्य विपरित अघि बढेको बताएका हुन्।

कम्युनिस्ट पार्टीका अध्यक्ष, कम्युनिस्ट प्रधानमन्त्रीकै तर्फबाट संविधान र लोकतन्त्रमाथि प्रहार भएको भन्दै उनले संसद विघटन यसको ज्वलन्त उदाहरण रहेको बताए।

उता केपी ओली पक्षको भेलाले श्रेष्ठलाई प्रवक्ताबाट हटाइसकेको छ। केपी पक्षले प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकिसकेको छ।

अन्य सम्बन्धित समाचार:  बागमती प्रदेशसभा बैठक बस्दै