बामदेव गौतमलाई भेट्न गृहमन्त्री थापा भैंसेपाटीमा

काठमाडौं। गृहमन्त्री रामबहादुर थापा नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई भेट्न ललितपुरकाे भैंसेपाटी पुगेका छन्। गाैतम निवासमा दुवै नेताबीच कुराकानी जारी रहेकाे बुझिएकाे छ।

पछिल्लाे चुलिदाे‌ राजनीतिक सङ्कटकाे समयमा दुवै नेता तटस्थ रहँदै आएका छन् भने दुवै नेता कुनै पनि भेलामा सहभागी भएका छैनन्। प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले आ-आफ्नो पक्षको भेलामा आउन दुवै नेतालाई आग्रह गरिरहेका छन्।

नेताहरुकाे दाैडधूप घरि बालुवाटार त घरि खुमलटारतिर हुँदै आएकाे छ।

 

अन्य सम्बन्धित समाचार:  बहुमतको सरकारसँग निहुँ खोज्दिनँः सभापति देउवा