प्रचण्डले पटक–पटक अपमानको विष पिउनुभयो: माधवकुमार नेपाल

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीबाट पटक पटक अपमानको विष पिएको बताएका छन्। मंगलबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा जारी प्रचण्ड(नेपाल पक्षीय केन्द्रीय कमिटीको बैठकमा उनले ओलीले न्यूनतम मर्यादाको समेत ख्याल नगरी कुर्सी हटाउनेलगायतका कार्य गरेकाले प्रचण्डले अपमानको विष पिएको बताएका हुन्।

दुई पूर्वपार्टी विघटन भन्दै उनले नेकपामा मेरो हस्ताक्षर चल्छ र मेरैमात्र कामले वैधता पाउँछ भन्ने भ्रममा नपर्न आग्रह गरे। पछिल्लो समय बैठक बस्न धेरै नै कसरत गर्नुपरेको भन्दै नेता नेपालले बालुवाटारमा पार्टीको बैठक बस्न नहुने बताए।

अध्यक्ष प्रचण्डले सचिवालय बैठक बस्नका लागि पहल गर्दासमेत उल्टै प्रधानमन्त्री ओलीले विभिन्न सर्त राखेर अन्तमा अपमान गर्नका लागि त्यस्तो सर्त नराखेको भन्दै झुटो दाबी गरेको बताए।

अन्य सम्बन्धित समाचार:  ओलीले डाकेको सर्वदलीय बैठक प्रचण्डद्धारा बहिस्कार