संसद् विघटनविरुद्ध नेकपा सांसदहरु सर्वोच्च अदालतमा

काठमाडौं। संसद् विघटनको निर्णयविरुद्ध नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूह सर्वोच्च अदालत पुगेको छ। मंगलबार प्रतिनिधि सभाका ९० र राष्ट्रिय सभाका २४ सांसदको हस्ताक्षरसहित नेपाल कम्युनिस्ट पार्टीकै सांसदहरु देव गुरुङ, भिम रावल, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्री सर्वोच्च पुगेका हुन्।

उनीहरुले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्दा आफूहरु ५ वर्षसम्म नागरिकको प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको भन्दै राष्ट्रपति संसद् विघटन गर्ने काम उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरेका छन्।

केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेका अनुसार रिटमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले शनिबार सर्वदलीय बैठक बोलाए