नेकपा एमाले ब्यूँतन नसक्ने नेता नेपालकाे ठाेकुवा

काठमाडौं। नेकपा एमाले ब्यूँतन नसक्ने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले  ठाेकुवा गरेका छन्। मङ्गलबार प्रचण्ड माधव समूहका केन्द्रीय सदस्यहरुको भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टीका पहिलो अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा गरेको बैठक गुटको भेला मात्र भएको उल्लेख गरे।

उनले भने, ‘कसैले पार्टीको नाममा धावा बोल्दैमा बैधानिकता पाउँदैन। ४४१ केन्द्रीय सदस्यको दुई तिहाई हामी यहाँ छौं।’ ‘सुन्दैछु, नेकपा एमाले ब्यूँताउने रे। पार्टी एकता हुँदा नै दुवै पार्टी विघटन भइसक्यो। त्यो अब ब्यूँतन सक्दैन’ उनले भने।

पहिलो अध्यक्ष भएको नाताले मैले भनेको मात्र लाग्छ, निर्वाचन आयोगमा पनि चुनाव चिह्न मेरो हुन्छ भन्ने सुनेको भन्दै उनले त्यसको कुनै कानूनी आधार नभएको दाबी गरे।

अन्य सम्बन्धित समाचार:  प्रदेश २ः एमाले प्रवेश गरेका चार प्रदेशसभा सदस्य पदमुक्त

नेपालले पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई पटकपटक अपमान गरेको तर त्यसलाई सहेर भएपनि कम्युनिस्ट आन्दोलन बचाउनुपर्छ भनेर लागेको भन्दै प्रचण्डको प्रशंसा समेत गरे।