देशभर ७२२ कोरोना संक्रमित थपिए, ९६६ डिस्चार्ज

देशभर

काठमाडौं। नेपालमा थप ७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ७ हजार जनाको नमुना परिक्षण गर्दा काठमाडौ उपत्यकामा ३६५ सहित देशभर ७ सय २२ नयाँ संक्रमित थपिएका हुन्। योसँगै कुल संक्रमितको संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९ सय ६६ जना डिस्चार्ज भएका छन्। योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ४५ हजार ७ सय ९ पुगेको छ।

हाल ७ हजार ७२९ आइसोलेशन र ४ सय १३ जना क्वारेन्टाइनमा रहेका छन्।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ९८ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  देशभर थप ९ सय जनामा कोरोना संक्रमण पुष्टि