प्रधानमन्त्री ओलीको कदम अधिनायकवादी: कांग्रेस सभापति देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई अधिनायकवादीकाे संज्ञा दिएका छन्। केन्द्रीय समितिको बैठकमा बाेल्दै नेता देउवाले भने, “प्रधानमन्त्रीको कदम असंवैधानिक हो, अधिनायक आकांक्षाबाट प्रेरित छ, सर्वसत्तावाद उन्मुदख छ। सम्यमतापूर्वक अघि बढ्नुपर्छ। कांग्रेसले अभिभावकीय भूमिका निर्वाह गरेर अघि बढ्नुपर्छ।”

जारी केन्द्रीय समितिको बैठकमा सबै सदस्यको राय बुझेर मात्र निर्णय लिइने पनि देउवाले बताएका छन्। बैठकमा आफ्ना धारणा राख्दै नेता रामचन्द्र पौडेलले अहिले देखिएका परिदृष्य फरक स्वरुपमा आएको हुन सक्ने आँकलन गर्दै अहिले कांग्रेस बरालिन नहुने धारणा राखे। उनले अहिले कांग्रेसमा कोही पनि सत्ताको लोभमा पर्न नहुने समेत बताए।

अन्य सम्बन्धित समाचार:  चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत