डा. खतिवडा अमेरिकाका लागि राजदूत नियुक्त

काठमाडौं। पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूत नियुक्त भएका छन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अमेरिकाका लागि राजदूत नियुक्त गरेकी हुन्।

संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा डा. युवराज खतिवडालाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका हुन्।

अन्य सम्बन्धित समाचार:  देशभर थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि