एक तिहाई सदस्य नपुग्नेले तीन गुणा सदस्य थपे भन्नु हास्यास्पदः प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक तिहाइ सदस्य नपुग्नेले तीन तिहाइ सदस्य थप गरें भन्दै हल्ला गर्नु हाँस्यास्पद भएको बताएका छन्।

बबरमहलस्थित कार्की बैंक्वैटमा आफ्ना पक्षका नेताहरु सहभागी केन्द्रिय समिति बैठकमा बोल्दै दाहालले बालुवाटार बैठक अवैधानिक भएको समेत बताए।

आफूलाई अध्यक्षजस्तो व्यवहार पनि नगरिएको भन्दै उनले पार्टी एकीकरणपछिको साढे दुई वर्ष विचित्रले बिताएको उल्लेख गरेका छन्।

अन्य सम्बन्धित समाचार:  बागमती प्रदेशसभा बैठक बस्दै