प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटायाे

काठमाडाै‌। प्रचण्ड–नेपाल समूहले केपी शर्मा ओलीलाई नेकपाको अध्यक्षबाट हटाएकाे जनाएकाे छ।

प्रवक्ता नारायण काजी श्रेष्ठले केन्द्रीय कमिटी बैठककाे निश्कर्ष पत्रकारहरु समक्ष राख्ने क्रममा साे कूरा जनाएका हुन्। मंगलबार कार्की बैंक्वट बबरमहलमा बसेको केन्द्रीय कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट पदमुक्त गरि साेहि पदमा माधव कुमार नेपाललाई पदस्थापन गरेकाे जनाए।

“बैठकले ओलीलाई अध्यक्षबाट हटाएर वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रथम अध्यक्ष बनाएको छ”, श्रेष्ठले भने।  बैठकमा उपस्थित हस्ताक्षरका आधारमा झण्डै दुई तिहाइ सदस्य प्रचण्ड–नेपाल पक्षमा देखिएका छन्।

बैठकमा ३ सय १० जना सहभागी रहेको केन्द्रीय सदस्य रहेकाे जनाईएकाे छ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही देखि विभिन्न ७ वटा एजेन्डा तय गरेकाे जनाईएकाे छ।

अन्य सम्बन्धित समाचार:  बहुमतको सरकारसँग निहुँ खोज्दिनँः सभापति देउवा