अध्यक्ष केपी ओली बिरुद्धकाे कार्वाही हाँसउठ्दाे-प्रदीपकुमार ज्ञवाली

काठमाडौं। एकाएक पाैषकाे जाडाेमा तातेकाे नेकपाभित्रकाे विवाद उत्कर्ष तर्फ लाग्दै गएकाे देखिन्छ। नेताहरुका अनेक भेटघाट र घाेचपेचले नेकपा भित्र भित्रै फुटिसकेकाे छनक मिल्छ। यसैबीच आज प्रचण्ड पक्षले केपी ओलीलाई गरेकाे कार्वाही हाँसउठ्दाे रहेकाे ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले उल्लेख गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव समूहले अध्यक्षबाट ओलीलाई हटाए पछि  ज्ञवालीले यसखाले प्रतिक्रिया दि‌दै त्याे कदम हास्यपद रहेकाे बताए।

नेपाल कम्युनिस्ट पार्टीमा केपी ओली समूहले मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बोलाएको थियो भने उता प्रचण्ड-माधव नेपाल समूहले थापाथलीस्थित कार्की व्याक्वेटमा केन्द्रीय कमिटीको बैठक बोलाएको थियो।

 

अन्य सम्बन्धित समाचार:  प्रदेश २ः एमाले प्रवेश गरेका चार प्रदेशसभा सदस्य पदमुक्त