आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी लिग कपको सेमिफाइनलमा

एजेन्सी। आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी लिग कप (इएफएल) फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

मंगलबार राति घरेलु मैदानमा भएको खेलमा आर्सनल साविक विजेता म्यानचेस्टर सिटीसँग ४–१ गोलले पराजित भएको हो।

सिटीका लागि खेलको तेस्रो मिनेटमा गाब्रियल जिसस, ५४ औँ मिनेटमा रियाद महरेज, ५९ औँ मिनेटमा फिल फोडिन तथा ७३ औँ मिनेटमा एमेरिक लापोर्तेले गोल गरेका थिए। आर्सनलका लागि खेलको ३१ औँ मिनेटमा एलेक्सान्डर लाकाजेटीले एक गोल गरेका हुन्।

यस्तै मंगलबार राति नै भएको अर्को खेलमा न्यूक्यासल युनाइटेडमाथि १–० गोलको जित निकालेर ब्रेन्टफोर्ड पनि अन्तिम चारमा पुगेको छ।

खेलको ६६ औँ मिनेटमा जोश डासिल्भाले गरेको निर्णायक गोलले ब्रेन्टफोर्डलाई क्लबको इतिहासमा पहिलो पटक प्रमुख प्रतिस्पर्धाको सेमिफाइनलमा पुगेको हो।

अन्य सम्बन्धित समाचार:  त्रिकोणात्मक सिरिजमा नेदरल्याण्ड्स र मलेसिया खेल्दै