संसद् विघटन विरुद्धको रिटको सुनुवाइ आज, सबैको ध्यान प्रधानन्यायाधीश राणातर्फ

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुमाथि आज सुनुवाइ हुँदैछ।

संसद् विघटनपछि देशको राजनीति कतातर्फ मोडिएला भन्ने कुरा यिनै रिटहरुको सुनवाइमा भर पर्ने छ। त्यसैले सबैको ध्यान प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणातर्फ केन्द्रित रहेको छ।

संसद् विघटनको बिरोधमा सर्वोच्च अदालतमा मंगलबारसम्म १२ वटा रिट परेका छन्। एउटा रिट संवैधानिक इजलासमा पठाइएको छ। ११ रिटको पेशी आजलाई तोकिएको छ।

संवैधानिक इजलासको पेशी भने शुक्रबारका लागि तोकिएको छ। ति सबै रिटमा प्रधानमन्त्री ओली, राष्ट्रपति भण्डारीलगायतलाई विपक्षी बनाइएको छ।

संसद् विघटन गरी आगामी वैशाखमा दुई चरणमा निर्वाचन गर्ने मिति तोकेपछि त्यसबारे निर्णय गर्ने अधिकार सर्वोच्च अदालतको हो।

अन्य सम्बन्धित समाचार:  बागमती प्रदेशसभा बैठक बस्दै

प्रधानन्यायाधीशले संवैधानिक इजलासमा तोक्न पनि सक्छन् वा एकल इजलासमा सुनुवाइ गर्ने न्यायाधीशले संवैधानिक इजलासमा पठाउन आदेश दिन पनि सक्छन्।

जुनसुकै इजलासमा सुनुवाइ भए पनि देशमा देखिएको ठूलो अन्योलको निरूपण गर्न अब सर्वोच्च अदालतको आदेश नै पर्खनुपर्ने छ। केन्द्रमा अहिले प्रधानन्यायाधीश राणा छन्। राणा २०७५ पस १८ गते सर्वोच्च न्यायालयको प्रमुख बनेका थिए।

जबरालाई परिस्थितिले यस्तो ठाउँमा ल्याइदिएको छ जहाँबाट उनले दिने आदेश वा गर्ने फैसलाले देशको तत्कालको राजनीतिक अन्योल मात्र टुंगिने छैन, बरु अबका कैयौं वर्षसम्मको राजनीति कुन दिशामा जानेछ भन्ने पनि निर्धारण हुनेछ।