प्रचण्ड नेकपाको संसदीय दलको नेता बन्दै

काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड आज विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दल नेता बन्दैछन्।

प्रचण्डलाई आज बस्ने संसदीय दलको बैठकले नेता चुन्ने छ। बैठक बुधबार दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बताइएको छ।

माधवकुमार नेपाललाई ओलीको ठाउँमा अध्यक्ष बनाइएपछि प्रचण्डलाई संसदीय दलको नेता बनाउन लागिएको हो।

प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठकले नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो।

अन्य सम्बन्धित समाचार:  माओवादीका प्रदेश प्रमुखले एमालेलाई सघाए