लियोनेल मेस्सीले तोडे पेलेको कीर्तिमान

एजेन्सी। अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले ब्राजिलियन पूर्व फुटबलर पेलेको कीर्तिमान तोडेका छन्।

मंगलबार राति भएको खेलमा मेस्सीले यसअघि बनाएको गोलको कीर्तिमान तोडेका हुन्। ला लिगा अन्तर्गत भाल्लाडोलिडको मैदानमा बार्सिलोनालाई ३–० गोलको जित दिलाउने क्रममा उनले पेलेको रेकर्ड भङ्ग गरेका हुन्।

ब्राजिललाई तीन पटक विश्वकप जिताएका पेलेले एउटै क्लबबाट ६४३ गोल गरेका थिए। पेलेले सन् १९५६ देखि १९७४ सम्म ब्राजिली क्लब सान्तोषबाट व्यावसायीक फुटबल खेलेका थिए।

मेस्सीले स्पेनिस क्लब बार्सिलोनाका लागि ६४४ गोल गरे। बार्सिलोनाबाट मेस्सीले अब जति गोल गर्नेछन् त्यो उनको कीर्तिमानी गोल हुनेछ। मेस्सीले बार्सिलोनाका लागि पहिलो गोल सन् २००५ मा गरेका थिए।

बार्सिलोनाका लागि मेस्सीले खेलको ६५औं मिनेटमा गोल गरेका थिए। जितसँगै बार्सिलोना ला लिगामा २४ अंक बनाएर पाँचौ स्थानमा छ।

अन्य सम्बन्धित समाचार:  आईपीएलः मुम्बईले कोलकतालाई हरायो

पराजित भाल्लाडोलिड रेलिगेशन जोनमा छ। ला लिगामा मंगलबार राति भएका अन्य खेलमा भिल्ला रियल र एथ्लेटिक क्लबले १–१ गोलको बराबरी खेले भने रियल सोसिडाडलाई शीर्षस्थानको एथ्लेटिको मड्रिडले २–० गोलले हरायो।

यस्तै भ्यालेन्सियाले सेभियासँग आफ्नै मैदानमा १–० गोलको हार बेहोरेको छ।