अब राउटेलाई मासिक ५ हजार भत्ता

सुर्खेत। कर्णाली प्रदेश सरकारले राउटे समुदायलाई प्रतिव्यक्ति मासिक २ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको छ।

संघीय सरकारले दिने ३ हजारसमेत गरेर अब उनीहरूले प्रतिव्यक्ति ५ हजार रुपैयाँ भत्ता पाउनेछन्।

प्रदेश सरकारले आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत दैलेखको गुराँस गाउँपालिकालाई दिने निर्णय गरेको हो।

घुमन्ते जीवन बिताउने राउटेलाई गुराँस गाउँपालिकाले परिचपयपत्र दिएर उनीहरूको जीवन सहजीकरणको काम गर्दै आएको छ।

करिब १५० को संख्यामा रहेका राउटे कर्णालीका सुर्खेत, दैलेख, सल्यानलगायत जिल्लामा घुमन्ते जीवन बिताउँदै आएका छन्।

अन्य सम्बन्धित समाचार:  बागलुङका ३० वनमा आगलागी