भुटानमा फेरि लकडाउन, ५ जनाभन्दा बढी भेला हुन नपाइने

काठमाडौं।

कोरोना संक्रमण बढ्न थालेपछि भुटानमा लकडाउन घोषणा गरिएको छ। भुटानका प्रधानमन्त्री लोते शेरिङले बुधबारदेखि लागू हुनेगरी एक साताका लागि देशमा लकडाउनगरिएको घोषणा गरेका हुन्।

लकडाउनको समयमा भुटानमा एक शहरबाट अर्को शहरको प्रवेशमा पनि रोक लगाइएको छ। भुटानको राजधानी थिम्पुमा पाँच जना कोरोना संक्रमित फेला परेपछि लकडाउन घोषणा गरिएको हो।

लकडाउनको अवधिमा अनिवार्य रुपमा मास्क लगाउन, एकै ठाउँमा पाँच जना भन्दा बढी भेला हुन पाइने छैन।

भुटानमा हालसम्म ४ सय ७९ जना कोरोना संक्रमित फेला परेका छन् भने कसैको पनि कोरानाका कारण मृत्यु भएको छैन।

अन्य सम्बन्धित समाचार:  हरिद्वारमा हजारौंले गरे शाही स्नान