काराबाओ कप: म्यान्चेस्टर सिटी र ब्रेन्टफोर्डको जित

काठमाडाैं।

काराबाओ कपमा म्यान्चेस्टर सिटी र ब्रेन्टफोर्ड विजयी भएको छ।

बुधबार राति भएको खेलमा ब्रेन्टफोर्डले न्यू क्यासल र म्यानचेस्टर सिटीले आर्सनललाई पराजित गरेको हो। ब्रेन्टफोर्डले न्यू क्यासललाई १–० गोलले पराजित गरेको हो। उसको जितका लागि खेलको ६६ औँ मिनेटमा डासिल्भाले एक गोल गरेका थिए।

यस्तै म्यान्चेस्टर सिटीले आर्सनललाई ४–१ गोलले पराजित गरेको हो। लिगमा लिभरपुल ३१ अंकसहित शीर्ष स्थानमा रहेको छ। यस्तै लेस्टर २७ अंकसहित दोस्रो, म्यान्चेस्टर २६ अंकसहित तेस्रो र एभर्टन २६ अंकसहित चौथो स्थानमा रहेका छन्।

अन्य सम्बन्धित समाचार:  आइपिएल– बेंगलोर र हैदराबाद भिड्दै