मिस युनिभर्स नेपालका लागि उत्कृष्ट १८ छनोट

काठमाडौं।

मिस युनिभर्स नेपाल २०२० का लागि उत्कृष्ट १८ जना छनौट भएका छन्। नयाँ फ्रेन्चाइज ब्रेभ, बोल्ड एण्ड ब्युटिफुल प्रा.लि. ले ल्याएको यस वर्षको मिस युनिभर्स नेपालको लागि मंगलबार मेरियट होटलमा भएको एक समारोहमा उत्कृष्ट १८ छनोट भएका हुन्।

उत्कृष्ट १८ ले समाजमा आफ्नो उद्देश्यको बारेमा बताएका थिए। त्यसैको आधारमा उपस्थित व्यक्तित्वहरूले आफ्नो मनपर्ने प्रतियोगीका लागि सोसल एड्भोकेसी विजेता बनाउन भोटिङ गरेका थिए।

उक्त भोटिङको परिणामको आधारमा नीना कान्त मण्डल सोसल एड्भोकेसी विजेता बनेर सिधै उत्कृष्ट १० मा पुग्न सफल भएकी छिन्।

यस मिस युनिभर्स नेपालका विजेताले रु. १० लाख नगद उपहार प्राप्त गर्नेछन्। मिस युनिभर्स नेपालको फाइनल प्रतियोगिता डिसेम्बर ३० मा हुनेछ।

अन्य सम्बन्धित समाचार:  अनमोललाई ७५ लाख अफर गरेको फिल्मको यस्तो छ नाम!