प्रधानमन्त्री र गृहमन्त्रीबीच बालुवाटारमा छलफल

काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’बीच छलफल भएको छ। संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि उत्पन्न परिस्थितिपछि ओली वा प्रचण्ड–माधव नेपालमध्ये कुनै समूहमा नदेखिएका थापाले बुधबार बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्।

कुनै पनि पक्षमा नखुलेका बादललाई फकाउन ओली तथा प्रचण्ड–नेपाल दुवै पक्ष निरन्तर लागेका छन्। उनले भने कुनै निर्णय गरिसकेका छैनन्।

पुल्चोकस्थित मन्त्री क्वार्टरमा पुगेर मंगलबार बिहान प्रचण्डले बादललाई भेट्दै आफूलाई साथ दिन आग्रह गरेका थिए। कुनै पनि पक्षमा नखुलेका बादललाई फकाउन ओली तथा प्रचण्ड–नेपाल दुवै पक्ष निरन्तर लागेका थिए।

प्रधानमन्त्री ओली र बादलबीच भेटमा के के कुराकानी भयो भन्ने खुलाइएको छैन।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता