एजेन्सी।
न्युजिल्याण्डले पाकिस्तानविरुद्धको टेष्ट टिमको घोषणा गरेको छ। टी–ट्वेण्टी सिरिज सम्पन्न हुनेबित्तिकै न्युजिल्याण्डले १३ सदस्यीय टेष्ट टिमको घोषणा गरेको हो।
न्युजिल्याण्डका मुख्य प्रशिक्षक ग्यारी स्टिडले मिचेल स्यान्टनरलाई टिममा समावेश गर्दै टेष्ट क्रिकेटमा उनी शानदार बलर रहेको प्रतिक्रिया दिएका छन्। उनले स्यान्टनरले खेलमा मौका पाएको अवस्थामा ७ नम्बरमा ब्याटिङ्ग गर्ने बताएका छन्।
घरेलु टोली न्युजिल्याण्डले तीन म्याचको टी-ट्वेण्टी सिरिज २–१ ले जितेको थियो। अन्तिम तथा तेस्रो खेल भने पाकिस्तानले जितेको थियो। दुवै टिमले दुई म्याचको टेष्ट सिरिज खेल्नेछन्।
न्युजिल्याण्डको टिम यस्तो छ:
केन विलियम्सन, टम ब्लन्डल, ट्रेन्ट बोल्ट, काइल जेमिसन, टम लाथम, डेरिल मिचेल, हेनरी निकोलस, मिचेल स्यान्टनर, टिम साउदी, रस टेलर, निल वाग्नर, बिजे वाटलिङ्ग, विल यङ्ग।