नवलपरासी: ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं। ट्रक दुर्घटना हुँदा पूर्वी नवलपरासीमा तीन जनाको मृत्यु भएको छ। गैँडाकोट नगरपालिका ३ स्थित कालीगण्डकी करिडोरको भोक्रोफाँटमा भिरबाट ट्रक खस्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सिमेन्ट बोकेको ना३ख ५३३९ नम्बरको ट्रक दुर्घटनामा ३ जना पुरूषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरासी पूर्वका प्रहरी नायव उपरीक्षक ((डीएसपी) मोहनबहादुर खाँणले जानकारी दिए।

विस्तृत विवरण आउन बाँकी रहेको छ।

अन्य सम्बन्धित समाचार:  खैरे कुकुर मारेको विरोधमा माइतीघरमा प्रदर्शन