प्रचण्ड-माधव समूहको संसदीय दलको बैठक सुरु

काठमाडौं।

नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव समूहको संसदीय दलको बैठक सुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद भवन परिसरको लोत्से हलमा सुरु भएको बैठकले केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने र पुष्पकमल दाहाललाई चयन गर्ने बताइएको छ।

यसअघि प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठकले ओलीलाई अध्यक्ष पदबाट हटाएको छ र माधवकुमार नेपाललाई नयाँ अध्यक्षमा चयन गरेको छ। बैठकमा ९० जनाभन्दा धेरै सांसदको सहभागिता रहेको दाबी गरिएको छ तर कतिजनाको हस्ताक्षर छ भन्ने यकिन भइसकेको छैन।

अन्य सम्बन्धित समाचार:  वैशाख ११ गते धरहरा टावरको उद्घाटन गरिने