प्रधानमन्त्रीपछि प्रचण्डलाई भेटन् पुगे गृहमन्त्री

काठमाडौं।

गृहमन्त्री रामबहादुर थापा बादलले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन्। बुधबार दिउँसो प्रचण्डलाई भेट्न गृहमन्त्री थापा उनकै निवास खुमलटार पुगेका हुन्।

दुई नेताबीच केहीबेर छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए। गृहमन्त्री थापासँग छलफल सकेर अध्यक्ष प्रचण्ड संसदीय दलको बैठकमा सहभागी हुन बानेश्वर पुगेका छन्।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–नेपाल पक्षले मंगलबार राखेको छुट्टाछुट्टै केन्द्रिय समिति बैठकमा थापा कतै गएका थिएनन्।

गृहमन्त्री थापा प्रचण्ड–नेपाल समूहको संसदीय बैठकमा सहभागी हुन पुग्ने बताइए पनि उनी अहिलेसम्म पुगेका छनन्।

अध्यक्ष प्रचण्डलाई भेट्नुअघि मन्त्री थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गरेका थिए