नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले संसदीय दलको नेतामा पुष्पकमल दाहाल चयन गरेको छ। बुधबार नयाँ बानेश्वरमा रहेको संसद् भवन परिसरमा बसेको बैठकले संसदीय दलको नेतामा केपी शर्मा ओलीलाई हटाएर प्रचण्डलाई चयन गरेको हो।

बैठकमा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अविश्वास प्रस्ताव अनुमोदनका लागि पेश गरेका छन्।

यसअघि मङ्गलबार प्रचण्ड र नेपाल समूहले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको अध्यक्षबाट हटाउँदै माधवकुमार नेपाललाई नयाँ अध्यक्ष बनाएको थियो।

अन्य सम्बन्धित समाचार:  एकै दिन १ हजार बढीमा कोरोना संक्रमण पुष्टि