संसद् पुनर्स्थापना गरेर अब नयाँ सरकार गठन गर्छौंः प्रचण्ड

काठमाडौं।

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् पुनर्स्थापना गरी अब नयाँ सरकार गठन गर्ने बताएका छन्।

बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको संसदीय दलको बैठकपछि बोल्दै उनले प्रतिनिधिसभाको संसदलाई जीवन्त राख्नका लागि सक्दो तागत लगाउने बताएका हुन्। उनले राष्ट र जनताको अपेक्षा अनुसार नयाँ सरकार गठन गर्नेतिर अब आफ्नो ध्यान जाने समेत बताए।

बैठकले अध्यक्ष दाहाललाई संसदीय दलको नेता चयन गरेको छ। संसदीय दलको नेता चयन गरेपछि अध्यक्ष दाहालले आफूले ठूलो चुनौतीको बेलामा जिम्मेवारी पाएको बताए। सबै राजनीतिक दलसँग सहकार्य गरेर अघि बढ्न उनले बताए।

मैले जिम्मेवारी पाएपछि अब सबै दलहरूसँग सहकार्य गरेर जनताको विश्वासलाई मर्न नदिने उल्लेख गरे।

अन्य सम्बन्धित समाचार:  एमाले सांसदले गरे फ्लोर क्रस, मुख्यमन्त्री शाहीको पद जोगियो