बेलायत: अन्य क्षेत्रमा पनि फैलियो कोरोनाको नयाँ स्ट्रेन: लकडाउन गरिने

काठमाडौं।

बेलायतका केही नयाँ क्षेत्रमा पनि कोरोना भाइरसको नयाँ स्ट्रेन फैलिएको पाइएको छ। यसका कारण कडा प्रतिबन्धको दायरा बढाइने बेलायती समाचार संस्थाहरुले जनाएका छन्।

डिसेम्बरबाट कडा लकडाउन

द सनको रिपोर्टका अनुसार इंग्ल्याण्डको केही नयाँ क्षेत्रमा २६ डिसेम्बरबाट कडा लकडाउन गरिने भएको छ।

दक्षिण पश्चिम, मिडल्याण्ड र नर्थ इंग्ल्याण्डमा नयाँ कोरोना भाइरसको स्ट्रेन पाइएको हो। मंगलबार राति मात्रै बेलायतका मन्त्रीहरु र स्वास्थ्य विज्ञको बैठक भएको बताइएको छ।

यसअघि बेलायतमा कोरोना संक्रमित बढ्न थालेपछि डेनमार्क, भारतलगायतका मुलुकहरुले बेलायतसँगको हवाइ उडानमा प्रतिबन्ध लगाइसकेका छन्।

अन्य सम्बन्धित समाचार:  चारा घोटाला काण्डमा जेल परेका लालु यादव जेल मुक्त