देशभर ७४३ कोरोना संक्रमित थपिए: ५ जनाको मृत्यु

संक्रमित

काठमाडौं।

मुलुकभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण पाँचजनाको मृत्यु भएको छ। योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा एकहजार ८ सय ३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म पीसीआर गरिएकामध्ये  ७ सय ४३ जनाको नतिजा पोजेटिभ आएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९ सय ५२ जना निको भएका छन्। यो सँगै नेपालमा कोभिड संक्रमितको संख्या  २ लाख ५५ हजार  ९ सय ७९ पुगेको छ।  हालसम्म क्वारेन्टिनमा ४ सय ९ जना छन् भने ७ हजार ५सय १५ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट दुईजनाको मृत्यु