राजनीतिक अस्थिरताको प्रभाव नगण्य: शेयर बजार सन्ताेषजनक

काठमाडौं।

साताको कारोबार हुने चौथो दिन आज बुधबार पनि शेयर बजारमा उतार चढाव भयाे। बजार खुल्नेबित्तिकै नेप्से सूचक बढेर २१२६ विन्दुसम्म पुगेको भए पनि अन्तिममा २०६८ विन्दुमा बन्द भएको छ।

बुधबार नेप्से सूचक ७.१४ अंकले बढेर २०६८.५६ विन्दुमा पुग्याे भने सेन्सेटिभ इन्डेक्स १.२३ अंकले घटेर ३९०.५२ विन्दुमा झरेको छ। बुधबार २०३ वटा कम्पनीको ६ अर्ब ८६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

राजनीतिक अस्थिरताका बाबजुद पनि शेयर बजारमा खासै प्रभाव पर्न सकेकाे छैन। साेमबारदेखि नै उकालो लाग्न थालेको शेयर बजारमा मङ्गलबार उछाल नै आएकाे थियाे।

शेयर बजारमा नेप्से रेकर्ड नजिक 

बुधबार बजारले इन्ट्राडेमा नयाँ रेकर्ड कायम गरेको भए पनि सोही विन्दुमा टिकिरहन भने सकेन। बजारले यसअघिको ऐतिहासिक रेकर्ड ब्रेक गर्न अब ३ अंक मात्रै बाँकी रहेको छ। यसअघि नेप्सेले २०७१ विन्दुको ऐतिहासिक रेकर्ड कायम गरेको थियाे।

अन्य सम्बन्धित समाचार:  वर्षको अन्तिम दिन नेप्सेमा नयाँ रेकर्ड