बाग्मतीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव, तीन मन्त्रीले दिए राजीनामा

काठमाडौं। बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। नेकपा प्रदेश संसदीय दलका उपनेता शालिकराम जमरकट्टेलको अगुवाइमा शुक्रबार बिहान मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको हो।

४६ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइएको प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले जानकारी दिए।

यसैबीच अविश्वासको प्रस्ताव दर्ता भएसँगै मुख्यमन्त्रीकै कारण प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसक्ने निष्कर्ष निकाल्दै तीन मन्त्रीले राजिनामा दिएका छन्। आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका हुन्।

अन्य सम्बन्धित समाचार:  प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धामा आज पनि सुनुवाई हुँदै