काठमाडौँ। काठमाडौं उपत्यकामा आज यो वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको छ।
आज तापक्रम झरेर १ दशमलव ३ डिग्री सेल्सियस पुगेको छ। तापक्रम तल झरेसँगै काठमाडौंमा चिसो बढेको छ।
यसअघि गएको पुस ३ मा तापक्रम १ दशमलव ६ डिग्री मापन गरिएको थियो। शुक्रबारको तापक्रम भने २ दशमलव ५ डिग्री थियो।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंको तापक्रम अझै घट्न सक्ने अनुमान गरिएको छ। आजको अधिकतम तापक्रम १८ देखि २० डिग्रीसम्म पुग्ने अनुमान छ।
आज तराईमा पनि हुस्सु लागेको छ। तीन दिनसम्म देशैभर आंशिकरुपमा बदली हुने र तराईमा बाक्लो हुस्सु लाग्ने मौसमविद्हरुको अनुमान छ।