गण्डकीमा पृथ्वीसुब्बा गुरुङलाई जनमोर्चाको साथ यथावत

पोखरा। राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई साथ दिने भएको छ।

गुरुङलाई जनमोर्चाको समर्थन यथावत रहने भएपछि हाललाई उनी खतरामुक्त भएका छन्। मुख्यमन्त्री गुरुङ प्रधानमन्त्री केपी शर्मा ओली समूहका भएपनि जनमोर्चाले उनलाई समर्थन दिने जनाएको छ।

जनमोर्चाका नेता कृष्ण थापाले ओलीको संसद् विघटनको कदमको विरोध गर्ने तर गण्डकीमा गुरुङलाई समर्थन यथावत रहने बताए।

६० सदस्यीय गण्डकी प्रदेशमा ओली समूहका २७ सांसद छन्। जनमोर्चाले साथ दिँदा मुख्यमन्त्री गुरुङसित ३० सांसद पुग्छन्। गण्डकीमा प्रचण्ड–नेपाल समूहका १३ तथा १५ सांसद छन्।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले पनि गुरुङविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तत्काल कुनै योजना नभएको बताए।

अन्य सम्बन्धित समाचार:  विप्लवले मागे क्यान्टोन्मेन्टको १९ अर्बको हिसाब