सफ्टवेयर दुरुपयोग गरेर किर्ते नागरिकता बनाइदिने कर्मचारीसहित तीनजना पक्राउ

घुस

झापा। नागरिकतासम्बन्धी सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता वितरण गर्ने कर्मचारीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रशासन कार्यालय गौरीगञ्जका कार्यालय प्रमुख ३७ वर्षीय धनञ्जयकुमार साह, त्यही कार्यालयका कार्यालय सहयोगी २४ वर्षीय आसिर आलम र गौरादह-७ का ५९ वर्षीय कृष्णप्रसाद तिमल्सिनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए

प्रवक्ता थापाका अनुसार उनीहरुले साविक जुरोपानी-८, अहिले गौरादह नगरपालिका-७ स्थायी ठेगाना देखाएर अमृत राईलाई ०४-०६-७७-००५९१ नम्बरको नागरिकता, दीपिका राईलाई ०४-०६-७७-००५९२ नम्बरको नागरिकता र विशाल राईलाई ०४-०६-७७-००५९३ नम्बरको नागरिकता वितरण गरेको पाइएको छ।

सफ्टवेयरमा विवरण ‘इडिट’ गरिएको आशंका

‘वितरण गरिएको नागरिकताको नागरिकतासम्बन्धी कुनै पनि अभिलेख इलाका प्रशासन कार्यालय गौरीगञ्जमा छैन’, उनले भने, ‘नागरिकतासम्बन्धी सफ्टवेयरको प्रयोग गरी नागरिकता किर्ते गरेको हुनसक्ने भएकाले नियन्त्रणमा लिइएको हो।’

अन्य सम्बन्धित समाचार:  खोप लगाउँदा कुनै असर देखिए सरकारले उपचार गर्ने

तीनै जनालाई शनिबार पक्राउ गरी जिल्ला अदालतबाट नागरिकतासम्बन्धी कसुर मुद्दामा दिन पाँच दिन म्याद थपेर अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।