अबको चुनाव हामी जित्छौं: प्रचण्ड

प्रचण्ड चुनाव

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले अबको चुनाव आफूले जित्ने दावी गरेका छन्।

सोमबार जनसंस्कृतिक महासंघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको इतिहासमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कलंकको टीका लगाएर हामीहरुलाई जनतासमक्ष जाने बाटो दिएको बताएका हुन्।  उनले भने, ‘आफूलाई इतिहासको कलंकको टीका लगाएर हामीलाई जनतासँग जोडिदिने काम गरिदिनुभयो। बाजी हामीले जितिसकेका छौं। अब अर्को चुनाव हामी जित्छौं।’

प्रधानमन्त्रीले संविधानलाई कुल्चिएर लोकतन्त्रको हत्या गरेर संसद् विघटन गरेको भन्दै अध्यक्ष प्रचण्डले ओलीको कदमबारे चुप लागेर बस्न नसक्ने बताए।

 

अन्य सम्बन्धित समाचार:  बालुवाटारमा सर्वदलीय बैठक सुरु भयो