देशभर थपिए ६५९ जना कोरोना संक्रमित: ७१८ डिस्चार्ज

देशभर

काठमाडौं। नेपालमा थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५७८ जनाको नमूना परीक्षण गर्दा काठमाडौं उपत्यकामा २७८ सहित देशभर ६५९ जना नयाँ संक्रमित थपिएका हुन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको छ।

यस्तै थप ७ सय १८ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५० हजार ५ सय ८१ पुगेको मन्त्रालयले जनाएको छ।

सक्रिय संक्रमितको संख्या ६ हजार ४४५ छ भने क्वारेन्टाइनमा ३६९ जना रहेका छन्।

सोही अवधिमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ३२ पुगेको मन्त्रालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  भेरीमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु