गगन थापाको प्रश्न- ‘जसले वन खान्छ, त्यो वनमन्त्री?’

गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारको आलोचना गरेका छन्। सोमबार नेपालगञ्जमा आयोजित कांग्रेसको विरोधसभालाई सम्बोधन गर्दै थापाले संसद् विघटनको घोषणापछि ओलीले गरेको मन्त्रिपरिषद् बिस्तारमा भ्रष्टाचारजन्य गतिविधिमा संलग्न मान्छेले भरिएको बताएका हुन्।

वर्तमान मन्त्रिमण्डललाई उनले भ्रष्टाचारका काण्डहरुका नाइकेको घर भन्दै आलोचना गरे। नवनियुक्त वनमन्त्री प्रेम आलेमगर र बालुवाटार जग्गा प्रकरणमा मुछिएका अर्थमन्त्री विष्णु पौडेलतर्फ संकेत गर्दै थापाले भने, ‘जसले वन खान्छ त्यो वनमन्त्री। जसले सबैभन्दा बढी जग्गा लुकाउँछ त्यो देशको ढुकुटी हेर्ने मान्छे।’

थापाले प्रधानमन्त्री ओलीको सरकार नेपालमा शासन गर्न योग्य नरहेको बताए। उनले तीन वर्षको अवधीमा ओली सरकार एकपछि अर्को भष्ट्रचारको काण्डहरुमा फस्दै गएको दावी गरे। उनले भने, ‘यो तीन वर्षमा प्रधानमन्त्रीले एक पछि अर्को अपराध अपराध गर्दै जानुभयो। भ्रष्टाचारको काण्डहरु हेर्नुस् त। आज प्रधानमन्त्री वरिपरिका मान्छेहरु हेर्नुस् त। प्रधानमन्त्रीले बनाएको अर्थमन्त्री हेर्नुस् त। प्रधानमन्त्रीले बनाउनुभएको वनमन्त्री हेर्नुस् त। एकपछि अर्को काण्ड। जनताका लागि एकरती नसोच्ने सरकार। यस्तो हुँदा कति पटक संसदमा करायौं हामी? केपी ओलीको सरकारमा नेपालमा शासन गर्न अयोग्य सरकार हो।’

अन्य सम्बन्धित समाचार:  वैशाख ११ गते धरहरा टावरको उद्घाटन गरिने