आज कुल २१४ कम्पनीको ७४ लाख ९७ हजार ३८४ कित्ता शेयर रु तीन अर्ब ८५ करोड तीन लाख २० हजार ४५ मा खरीद बिक्री भए। कारोबार भएका कुल १२ उपसमूहमध्ये तीन उपसमूहको शेयर ओरालो लाग्दा नौ उपसमूहको शेयर भने उकालो लागेको छ। व्यापार ४८.६५, विकास बैंक १०.२९ र अन्य ०.९८ बिन्दुले घटेको छ।
बैंकिङ ९.३४, होटल ३.४३, जलविद्युत् २.७४, वित्त २.०५, निर्जीवन बीमा ७५.३३, उत्पादन ९७.७९, लघुवित्त ६.०८, जीवन बीमा २९.६५ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले उकालो लागेको छ। कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको रु ३४ करोड ९१ लाख ८० हजार ५२ बराबरको कारोबार भयो।
यस्तै नागरिक लगानी कोष रु ३२ करोड ३५ लाख १८ हजार ४१०, एनआइसी एशिया बैंक रु ३० करोड ६ लाख ६८ हजार ९२७, नबिल बैंक रु २४ करोड ३४ लाख १६ हजार २८, शिवम् सिमेन्ट रु २१ करोड १७ लाख ५५ हजार ५७५, एनसिसी बैंक रु १८ करोड ११ लाख ३३ हजार ३१६, ग्लोबल आईएमई बैंक रु १२ करोड ७४ लाख ३३ हजार ८६२ र नेपाल पुर्नबीमा कम्पनी रु १२ करोड ४९ लाख ८८ हजार ३५८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे।
कारोबारका आधारमा नारायणी डेभलपमेन्ट बैंक ९.९०, सेन्ट्रल फाइनान्स ९.६२, राधी विद्युत् कम्पनी ७.५९, एनसिसी बैंक ६.०१, आइएमई जनरल इन्स्योरेन्स ५.६४, एनआइसी एशिया बैंक ५.४३, नेपाल ल्यूब आयल ४.८२ , शिवम् सिमेन्ट ४.६४ र प्रभु बैंकका लगानीकर्ताले ४.४८ प्रतिशतले कमाए।
एबीएल डिबेञ्चर ७.६०, समिट लघुवित्त ३.८७, समृद्धि फाइनान्स ३.७३, एनएमबी पचास ३.३२, साल्ट ट्रेडिङ कर्पोरेशन २.९९, सानिमा माई हाइड्रोपावर २.९३ र जोशी हाइड्रोपावरका लगानीकर्ताले २.७३ प्रतिशतले गुमाए।