घर झगडाका कारण मुलुक जलाउने काम भयो: नेता लेखक

इन्दु धामी, कञ्चनपुर। नेपाली काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले घर झगडाका कारण मुलुक जलाउने काम भएको बताएका छन्। सोमबार सासंद् विगठन, सर्वसत्तावाद र भ्रष्टाचारका विरुद्धमा लोकतान्त्रिक संविधान रक्षाका पक्षमा कञ्चनपुर काङ्ग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता लेखकले नेकपा नेतृत्वको केपी ओलीको सरकारले आफ्नो घर झगडाका कारण मुलुकलाई जलाएको बताएका हुन्।

नेता लेखकले वर्तमान सरकार काण्डै काण्डको सरकार भएको र सरकार पुरै भ्रष्टाचारमा चुर्लुम्म डुबेको समेत आरोप लगाए। “नेकपा सरकार गठन देखी आजका दिन सम्म देशमा भ्रष्टाचार बाहेक केही भएको छैन, यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ।”

काङ्ग्रेस नेता रमेश लेखकले भने, “वर्तमान केपी ओलीको सरकारको अङ्गअङ्ग प्रत्यङ्गमा भ्रष्टाचार बाहेक केही पनि देखिदैन यसकारण अहिलेको सरकार असफल सरकार भैसकेको अवस्था पनि हो।”

अन्य सम्बन्धित समाचार:  माओवादीले स्थायी कमिटी बैठक बोलायो

देशको वार्षिक बजेट भन्दा बढी भ्रष्टाचार भैसकेको छ। देश कोरोना भाइरसको महामारीमा रहेको बेला सरकार आफै भ्रष्टाचारमा डुबेको नेता लेखकले बताए।

कोरोना महामारीको प्रभाव कम नभएपनि कोरोना महामारी बिचमै सभा, सम्मेलन तथा बैठक लगायत अन्य कार्यक्रम आयोजना गर्नु कांग्रेसको बाध्यता भएको नेता लेखकको भनाई छ।

उनका अनुसार देशको परिस्थितिले काङ्ग्रेसलाई सभा सम्मेलन गर्न बाध्य बनाएको अवस्था हो। “गत वर्षको चैत्रमा कोरोना महामारी आयो, कोरोना महामारी पछि काङ्ग्रेसले कुनै ठाउँमा सभा सम्मेलन आयोजना गरेन, किनभने काङ्ग्रेस एउटा जिम्मेवार पार्टी हो, नागरिकको स्वास्थ्य जस्तो कुरामा हामी संवेदनशील थियौँ।”

नेता लेखकले भने,“ कोरोमा महामारी बिचमै वर्तमान सरकारका काम कारवाही अधिनायकवादमा उन्मुख हुन थालेपछि हामीले सडकमा आउनु बाध्यता भयो।” कोरोना नियन्त्रणका लागि सरकारले कुनै काम गर्न सकेन। कामको सट्टामा कोरोना नियन्त्रणको नाममा खरिद गरेको स्वास्थ्य सामग्री सामग्रीमा भ्रष्टाचार  गर्न सरकारनै अग्रसर भएको उनले बताए।

अन्य सम्बन्धित समाचार:  कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

विदेशमा रहेका बिचल्लीमा परेका नेपाली नागरिकलाई स्वदेश ल्याउन नसकेको, समयमा क्वारेन्टाइनको व्यवस्था नगरेको, समयमा आइसोलेसनको व्यवस्था नगरेको र यस्तै समयमा अस्पतालको व्यवस्था नगरेको भन्दै केपी ओली नेतृत्वको समेत नेता लेखकले तिखो आलोचना गरका छन्।