काठमाडाैं। उखु किसानले सरकारसँगको चारबुँदे सम्झौतापछि आन्दोलन स्थगित गरेका छन्। सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलपछि उखु किसान आन्दोलन फिर्ता लिन सहमत भएका हुन्। चिनी मिलले २१ दिनभित्र बक्याैता रकम उपलब्ध गराउने शर्तमा उनीहरुकाे आन्दाेलनबाट पछि हटेका हुन्।
उठाउन पर्ने पैसा नपाएकाे भन्दै दुई सातादेखि उनीहरु बडाे सकसपूर्ण आन्दोलन गर्दै आएका थिए।