सिल गरिएको जार भित्र किरा: कम्पनीद्वारा गल्ती स्वीकार

इलाम

टीका खतिवडा, इलाम। इलामको शुद्ध पिउने पानी नामक कम्पनीबाट वितरित खानेपानीको जारमा किरा भेटिएको छ। सिल नखोलिएको पानीको जार भित्र किरा र अन्य फोहोर जस्तो वस्तु फेला परेको हो। इलाम चोक बजारमा रहेको एभरेष्ट काष्ठ नामक कम्पनीमा ल्याइएको पानीमा सो वस्तु फेला परेको कम्पनीका सञ्चालक जीवन न्यौपानेले बताए। उनका अनुसार केही दिन अगाडि आफ्नो कार्यालयमा ल्याएको जार खोल्दा अखाद्य वस्तु जार भित्र फेला परेको हो।

पानीमा किरा फेला परेपछि पानी उत्पादक कम्पनी र जिल्ला प्रशासन कार्यालयमा समेत जानकारी गराइएको थियो।

जार

पानीको जारमा किरा भएको बारे कम्पनीका सञ्चालक लिला खड्गीले गल्ती भएको र अब यस्तो नहुने बताए। यसअघि समेत सोही कम्पनीले उत्पादन गरेको पानीमा अखाद्य वस्तु फेला परेको थियो।

अन्य सम्बन्धित समाचार:  काठमाडौंबाट दैलेख जाँदै गरेको बस दुर्घटना: सात जना गम्भीर घाइते

इलाममा यो मात्र एक पानी उत्पादक कम्पनी हो। अधिकांश क्षेत्रमा यहीँबाट पिउने पानी जाने गरेको छ। यस विषयमा इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइले अनुगमन सहित छानबिन गरिने बताए।

पानी उत्पादक कम्पनीको कमजोरीले स्वास्थ्यमा समस्या हुने भएपछि जिल्लावासीले गुणस्तरबारे थाहा पाउनेगरी स्टिकर लगाउन समेत कम्पनी समक्ष माग गरेका छन्।

पानीको जार बाहिर आवश्यक जानकारी नएकाले फिल्टर नगरी पानी बजारमा ल्याएको भन्ने आशंका गरिएको छ।